Banner News

उपराष्ट्रपतिमा नन्दबहादुर पुनको उम्मेदवारी दर्ता



काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’ को उम्मेदवारी दर्ता भएको छ । शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरूङ छन् । यसैगरी समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गौतम रहेका छन् ।

उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रपति पदमा भने विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइसक्नु भएको छ । उपराष्ट्रपतिमा पुन निर्वाचित हुने निश्चित छ ।