काठमाडौ ४चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार असाधारण सरकार भएको अब असाधारण तरिकाले नै काम गर्न मन्त्री, सचिव र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अलिकति दयाँ बायाँ गर्नेलाई नछाड्ने पनि बताएका छन् ।
आइतवार सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरु र उच्च पदस्थ कर्मचारीहरुलाई करिब डेढ घण्टासम्म निर्देशन दिँदै प्रधानमन्त्रीले लामो हात गर्न खोज्नेलाई तत्काल कारवाही गर्ने बताए । उनले देश र जनताप्रतिको दायित्वबोध गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
कर्मचारीलाई निर्देशन दिँदै कडा रुपमा प्रस्तुत भएका ओलीले अब गलत काम गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए । खटाएको क्षेत्रमा नजाने कर्मचारी बर्खास्थ गरिने पनि प्रधानमन्त्री ओलीको भनाई छ ।
सुशासनका मामिलामा आफू कसैसँग सम्झौता नगर्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान सन २०३० सम्म दिगो विकासको लक्ष हासिल गर्न र संविधानले उल्लेख गरेका मौलिक हकलागयतको समग्र पक्षको कार्यान्वयन गर्न केन्द्रीत रहन सबैलाई आग्रह पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्