काठमाडौ २ बैशाख । नयाँ बर्षको अघिल्लो दिन रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा २४ घण्टा बिताए । २४ घण्टा कर्णालीमा विताएका प्रधानमन्त्री ओलीले सुन्दर राराको किनारबाट सुन्दर नेपालको घोषणा मात्र गरेनन्, रारामा ढुंगा सयरदेखि बिद्यालयसम्म पुगे ।
राराबाट देश बनाउनै पर्ने उद्घोष गरेका प्रधानमन्त्री ओलीले त्यही दिन रारामा ढुंगा सयर गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिए भने दुई बर्षभित्र निरक्षर अन्त्य गर्ने सरकारी लक्ष्यलाई पुरा गर्न मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिकामा पुगे । ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरे ।
हिल्सा, छायानाथ पुगेका प्रधानमन्त्री ओलीले जुम्लामा पुगेर एउटा बैठकको अध्यक्षता समेत गरे । कर्णाली प्रदेश सरकारको बैठकदेखि उनी जुम्लाको बैठकसम्म गर्न भ्याए भने राष्ट्रका नाममा त्यहीबाट पहिलो सम्वोधन पनि गरे ।
शुक्रवार अपरान्न ४ बजे रारा पुगेका प्रधानमन्त्री ओलीले शुक्रवार नै कर्णाली प्रदेश सरकारको बैठकमा सहभागि भए । नेपाली सेनाको श्रीदल गणमा रात विताएका प्रधानमन्त्री ओलीले विहान ८ बजे राष्ट्रका नाममा सम्वोधन गरेका थिए । सम्वोधन गरेलगतै छायानाथ र मुगुको कर्मारोङग गाउँपालिकामा पुगेका ओलीले दुई बालबालिकालाई भर्ना गरे । हिल्सा पुगेर उनी पनि रारा नै फर्केका थिए ।
२ बजे कर्णाली रारा पर्यटन बर्ष २०७५ को उद्घाटन गरेपछि उनी जुम्ला पुगेका थिए । कर्णालीलाई पर्यटन हव बनाउने घोषणा गरेका ओलीले रारामा आफु बोटिङ समेत गरेका थिए । उनीसँगै सरकारका प्रभावशाली मन्त्री, पूर्व संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पूर्वमन्त्रीहरु रारा पुगेका थिए ।एस काठमाडौ










प्रतिक्रिया दिनुहोस्