समाचार

‘साझा आवाज’ कार्यक्रम संचालन हुने : जातिय विभेदको अन्त्य गर्ने लक्ष्य



(बैशाख ५, काठमाडौं) । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा युरोपियन युनियनको सहयोगार्थ तीन वर्षे साझा आवाज कार्यक्रम सञ्चालन हुने भएको छ ।

काठमाडौंमा आयोजीत राष्ट्रिय परियोजना लञ्च कार्यक्रममा जातिय विभेदको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ देशका पाँच जिल्लामा सो परियोजना संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रम जाजारकोट, कालिकोट, सुर्खेत, सिराहा र महोत्तरीमा सञ्चालन हुने भएको छ । कार्यक्रममा FCA को टेक्निकल सर्पोट रहने छ भने MAG ले मिडिया सर्पोटको साथमा हुने भएको छ ।

कार्यक्रममा वोल्दै राष्ट्रिय मानवअधिकारका प्रतिनिधि हरि प्रसाद ज्ञ्वालीले जातिय विभेदको निम्ती आवश्यक सहयोगको साथमा हातमा हात, काँधमा काँध मिलाएर अघि वढ्ने बताएका छन् । तिम्सीनाले भने नेपालमा दलित सम्बन्धी धेरै कानुनहरु वने तर कार्यान्वयनमा फितलो भएका कारण दलित र गैरदलित विचको खाडलको अन्त्य हुन नसकेको बताउँदै आगामि दिनमा कानुनको कार्यान्वयन गराउने निकायले कडाईका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

त्यस्तै उपमहान्यायधिवक्ता कृष्ण प्रसाद पुडासैनीले जातिय विभेदको कारण नेपालमा मानव अधिकारको गम्भीर उल्लघंन भएको बताएका छन् । उनले भने नेपालको कानुनमा सजायको वारेमा वा भएका कारण कानुन फितलो भएको बताएका छन् । उनले भने कारवाही गर्न बनेको कानुनमा ‘वा’ नभई ‘र’ हुनुपर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा वोल्दै MAG की अध्यक्ष बविता वस्नेतले सूचनाको पहुँचमा दलित समुदायलाई अग्रसर गराउनु पर्ने बताउँदै छुवाछुतको विरुद्ध दलित र गैर दलित विचमा सामुहिक रुपमा एकतावद्ध हुनु पर्ने धारणा व्यक्त गरेकी छिन् । अध्यक्ष वस्नेतले भनिन् सवै समुदायले एउटै आवाज उठाउनु पर्छ जसको निम्ती कार्यक्रमको नीति निर्माणको काम गर्न MAG ले गर्भका साथ उदाहणीय कार्य गर्दै अघि वढ्दै समाज रुपान्तरण गर्न कटिवद्ध हुने बताएकि छिन् ।

त्यस्तै युरोपियन युनियनका प्रतिनिधि Radoslow Rokita ले यो प्रोजेक्टले उत्कृष्ट नतिजा ल्याउने र समाज परिवर्तनको आधार तयार गर्नेमा विश्वास लिएको बताएका छन् । उनले भने यो कार्यक्रम स्थानीय सरकारसँग समन्वय गरी प्रभावकारी रुपमा कार्यसम्पादन गर्नुपर्ने र त्यसको लागि मिडियाको प्रचार प्रसारमा मुख्य भुमिका रहने बताएका छन् ।

त्यस्तै संस्थाका अध्यक्ष त्रीलोकचन्द्र वि.के.ले कार्यक्रम दलित समुदायलाई आर्थिक, सामाजिक, शैक्षिक रुपमा विभेदको अन्त्य गर्दै समतामुखी समाज निमार्णको निम्ती अग्रसर भई समस्यालाई समाधान गर्न शसक्तिकरणको भुमिकामा यो कार्यक्रम संचालन हुने बताइएका छन् । शसक्तिकरणको निम्ती स्थानीय तहमा तालिम, गोष्ठि तथा जनचेतनामुलक कार्यक्रमहरु रचनात्मक रुपमा सञ्चालन गरी आन्तरिक विभेदको अन्त्य गराउने लक्ष्य राखिएको अध्यक्ष वि.के.ले जनाएको छ ।