बैशाख ५, काठमाडौँ – २०१७ की मिस नेपाल निकिता चण्डकले फिल्ममा डेब्यु गर्ने भएकी छिन् ।
हिमाल न्यौपाने निर्देशित फिल्म रानीमहल’मा उनीसँग निर्माण टिमले औपचारिक कागजी सम्झौता गरिसकेको छ । केही दिन भित्रै निकिताले वर्कशप ज्वाइन गर्ने बताइएको छ । फिल्मका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।
यस्तै, प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ । साइन गरिसकेपछि प्रशान्तले पनि यो फिल्म बीचमै छाडेका थिए । उक्त फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्