बैशाख ६, काठमाडौं – नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले रमेश पौडेलको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटीको निमार्ण गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।
बैशाख ३ गतेदेखि निरन्तर रुपमा वसेको केन्द्रिय कमिटिको वैठकले सो निर्णय गरेको हो । अध्यक्ष पौडेल सहित वैठकले बरिष्ठ उपाध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । यस्तै उपाध्यक्षहरुमा हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, प्रभातविक्रम कटुवाल चयन भएका छन् भने महासचिवमा नरेश शाही चयन हुनुभएको युवासंघले जनाएको छ ।
त्यस्तै सचिवमा उर्मिला सुनुवार, सन्तोष रावल , माधब बास्तोला, वचन सिंह, राजेश साह , अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षितिज थेबे, राजु कार्की, धुरब यादब, सुरेन्द्र कोषाध्यक्षमा अमीत लामा, लेखा अध्यक्ष दामोदर दङ्गाल, अनुशासन अध्यक्ष गजेन्द्र साही लगायत पदाधिकारीहरु चयन भएका छन् ।










प्रतिक्रिया दिनुहोस्