शैक्षिक

पाँचथरमा  हावाबाट बिजुली उत्पादनको काम सुरु



बैशाख ७, पाँचथर –  पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्न  सुरु गरिएको छ ।

सो हावा बाट बिजुली निकाल्न एसियाली विकास बैँकको ४ करोड ५० लाख रुपैँयाको आर्थिक सहयोगमा काम सुरु भएको हो । सप्तमी सौर्य, वायु उर्जा मिनी ग्रिड योजना नाम दिइएको आयोजनामा सौर्यबाट ५० र वायुबाट २० गरी ७० किलोवाट विद्युत उत्पादन हुनेछ ।

उक्त ठाउमा हावाबाट बिजुली उत्पादनको लागि टावर राखेर साँढे दुई वर्षसम्म अनुसन्धान गरिएको थियो ।