समाचार

त्रिविमा  १० भन्दा कम विद्यार्थी भएका संकाय बन्द हुने



बैशाख ७, विराटनगर –  त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिविमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा संकायनै  बन्द हुने बताए ।

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधारले  शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ‘कुनै संकायमा एक/एक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, यदि त्यो संख्या पूरा गर्न सकिएन भने कक्षा सञ्चालन बन्द गरिनेछ ।’

विद्यार्थी कम भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको र त्रिविका प्रधाध्यापकलाई पनि बढी विद्यार्थी भएको ठाउँमा खटाइने उपकुलपति खनियाँले बताए ।