(बैशाख ७, काठमाडौँ) । निबारणको अवस्थामा रहेको कुष्ठरोगबाट नेपालमा ३० हजार बढी व्यक्ति अपाङ्ग भएका छन् ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार ७४ सालमा बर्षमात्रै २ हजार ९५९ जना कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । समयमै रोग पत्ता नलाग्दा उनीहरु अपाङ्ग भएको अनुमान गरिएको छ ।
अहिले मध्य तथा उच्च पहाडी क्षेत्रमा समेत यो रोग देखा पर्न थालेको छ । पछिल्लो पटक सुर्खेत तथा दैलैख लगायतका पहाडी जिल्लामा यो रोग देखा परेको थियो । नेपालमा कुष्ठरोगको उपचार निशुल्क हुने गरेको छ ।
आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक शुक्ष्म किटाणुको संक्रमणबाट लाग्ने यो रोग खास गरि छाला र स्नायू ( नशा)मा असर गर्दछ । छालामा असर गर्दा रातो तथा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने गिर्खाहरु देखा पर्ने र स्नायूमा असर गर्दा हात, गोडामा छुँदा थाह नपाउने साथै मासंपेशीहरु कमजोर हुन्छ ।
प्रतिक्रिया दिनुहोस्