रोचक

विश्वकै दोस्रो ठूलो रुख : सलाइनबाट दिईन्छ किटनाशक औषधि



तेलंगानामा रहेको ७ सय वर्ष पुरानो बरको रुखलाई सलाइनमार्फत विशेष किटनाशक औषधि दिइएको छ । रुखमा सुइ घोचेर नभै बोतलमा सलाइन पानीसँगै किटनाशक औषधि राखेर रुखका हाँगाहरुमा यत्रतत्र किटनाशक र पानीका थोपा खसाइएको छ ।

यो रुख निकै विशाल छ र तीन एक्कड क्षेत्रफलमा फैलिएको छ । बुढ्यौली लागेसँगै यो रुखमा धमिराको आक्रमण निकै बढिरहेको छ । धमिराका कारण रुखका हाँगाबिँगा नै मक्किएर सुक्ने जोखिम बढेसँगै धमिरालगायतका कीटनाशक औषधि रुखका हाँगाबिँगामा सलाइनसँगै दिइएको हो ।

साथै संक्रमण नफैलियोस् भनेर जरालाई पनि पाइपले बाँधिएको छ । रुख हराभरा होस् भन्नका लागि पानी तथा मलखादको व्यवस्था गर्ने योजना पनि सरकारी अधिकारीको छ । साथै रुख नढलोस् भन्नका लागि सिमेन्टका पिलर बनाएर टेको लगाइनेछ ।