समाचार

आईपीएल गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?



वैशाख १० काठमाडौँ  – आईपीएलमा सोमबार  दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् । अंक तालिकाको दोश्रो स्थानमा रहेको पञ्जाब र तालिकाको पुछारमा रहेको दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि दिल्लीमा सुरु हुनेछ ।

खराब लयमा देखिएको दिल्ली आज खेलमा फर्किन चाहन्छ । त्यसका लागि घरेलु फिरोज शाह कोटला मैदान र हजारौँ दर्शक १२ औँ खेलाडीका रुपमा रहेछन् । यस्तोमा सन्दीप लामिछाने पोण्टिङका लागि एक प्रयोग हुनसक्छन् । किन पनि भने फिरोज शाह कोट्ला मैदानको पिच स्पिनरमैत्री हो । घरेलु मैदानमा सन्दीप टिमका लागि गतिलो विकल्प हुने कुरा

आज टिममा परे सन्दीपले क्रिस गेल, युवराज सिंह, एरोन फिन्च, डेभिड मिलर, लोकेश राहुललगायतलाई बलिङ गर्न पाउनेछन् । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा क्रिस गेलको टिक सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्समा पाँच हजार डलरमा अनुबन्धित भएका छन् ।

यो मैदानमा तीव्र गतिका बलरहरुले १० को औसतमा रन दिएका छन भने स्पिनरको औसत ६ दशमलब ३३ मात्र छ । भारतीय स्पिनर अनिल कुम्बलेले पाकिस्तानसँगको टेष्ट क्रिकेटमा पहिलो पालीका सबै १० विकेट लिएका थिए । यो मैदानमा भारत र न्यूजिल्याण्डबीच पछिल्लो ट्वेण्टी–ट्वेण्टी क्रिकेट भएकोमा ६ विकेट स्पिनरले लिएका थिए ।

एक खेलमा चारजना मात्र विदेशी खेलाडीलाई खेलाउन पाउने प्रावधानका कारण सन्दीपलाई खेलाउन दिल्लीलाई सकस भइरहेको छ । दिल्लीमा ८  विदेशी खेलाडी छन्। जसमध्ये बढीमा चारजनाले मात्र खेल्न पाउँछन् । दिल्लीका लागि फास्ट बलर ट्रेन्ट बोल्ट ब्याट्स्म्यान जेसेन रोय र ग्लेन म्याक्सवेल टिममा पर्ने निश्चित नै छ भन्दा पनि हुन्छ ।