राजनीति

युवा संघ भरलाग्दो छ, वैरी र समाजका दुष्मनको लागि युवा संघ डरलाग्दो छ : अध्यक्ष पौडेल



(बैशाख १०, काठमाडौं) । नेकपा एमाले निकट युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलद्वारा आज अध्यक्षको पदवहाली गर्दै अवका दिनमा एक व्यक्ति एक रोजगारलाई पहिलो प्रथमिकतामा राख्दै रोजगारीमुलक देश निर्माण गर्ने वताएका छन् ।

नयाँ वर्षको आगमनसँगै बैशाख २ गते सचिवालय तथा ३ देखि ६ गतेसम्म भएको केन्द्रिय कमिटिको वैठकले सर्वसम्मत रुपमा पौडेललाई महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा चयन गरेको हो । पदवहाली पछि पौडेलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफुले पाएको जिम्मेवारीमा एक इन्च पनि पछि नपरी कार्य गर्ने बताउँदै आफु नेतृत्वको संगठनले आगामी असोज ६ देखि ८ गते हुने संगठनको महाधिवेशन गराउनेमा सवैलाई ढुक्क हुन आग्रह गरेका छन् ।

अध्यक्ष पौडेलले देशमा रहेका कुरीतिहरुलाई अन्त्य गराउने जसको लागि सम्पूर्ण युवाहरु परिचालन गर्ने बताएका छन् । त्यस्तै निकट भविष्यमा नै युवा संघ नेपालको कार्यालयलाई व्यवस्थित गर्ने समेत बताएका छन् । त्यस्तै अवका दिनमा भ्रष्टचार विरुद्धको तथा सुशासनको निम्ती अवको आन्दोलन युवा संघले गर्ने बताएका छन् । उनले भने ‘युवा छन् युवा संघ भरलाग्दो छ, वैरी र समाजका दुष्मनहरुको लागि युवा संघ डरलाग्दो छ’ भन्ने कुरालाई आत्मासाथ गर्दै आगामि दिनमा युवा संघ नेपाल लाग्ने समेत वताएका छन् ।

निवर्तमान अध्यक्ष राजिव पहारीले आफु प्रदेश प्रदेशसभाको सांसद भएको कारण आफुले आवश्यकता अनुसार नेतृत्वलाई आत्मासम्मानका साथ हस्तान्तरण गरेको र आफुसँगै जम्मा ३३ जनाले राजिनामा दिई संगठनको नयाँ नेतृत्व निमार्ण सहज रुपमा गरेको बताउँदै सांसद पहारीले नवनिर्वाचित अध्यक्ष पौडेललाई समयमा नै महाधिवेशन गराउनको निम्ती भन्दै ६ महिनाको वारेन्टी रहेको घडिल लगाईदिदै सोही अनुसारको कार्यतालिका निमार्ण गरी आम नेपाली युवाहरुको ढुकढुकीको रुपमा काम गर्नको निम्ती सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।