Banner News

मन्त्रिपरिषद्द्वारा योजना आयोगको उपाध्यक्षमा प्रा. डा. कडेल नियुक्त



(बैशाख ११, काठमाडौं) । सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगका सदस्यहरूमा डा। कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।