समाचार

विद्यार्थीले संगठनले आन्दोलनको घोषणा : शुल्कवृद्धि खारेज तथा शैक्षिक प्रमाणपत्रको आधारमा ऋण माग



(बैशाख ११, काठमाडौं) । संयुक्त पाँच विद्यार्थी संगठनले शुल्क अनुगमन र शुल्क मापदण्ड निर्देशिका विपरितको शुल्कवृद्धि खारेज तथा शैक्षिक प्रमाणपत्रको आधारमा विनाधितो ऋणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु सार्वजनीक गरेको छ ।

अनेरास्ववियुको केन्द्रिय कार्यालय वागबजारमा आज वसेको अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिले (छैठौ) र नेक्राविसंको संयुक्त वैठकले आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको हो । सरोकारवालाहरु समेतको सहमतिमा सरकारले जारी गरेको संस्थागत विद्यालयम शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो अवज्ञा गर्दै निजी विद्यालयहरुले गरेको चर्को मुल्य वृद्धि तत्काल फिर्ता गराउन र नगर्नेलाई कारवाहि गर्ने भन्दै वैशाख १२ गते १० वजेदेखि शिक्षा विभाग भेराउ तथा धर्ना दिने भएको छ ।

विज्ञप्तीमा अनेरास्ववियुको तर्फवाट का.वा.अध्यक्ष महेश वर्तौला, नेविसंघबाट नैनसिंह महर, अखिल क्रान्तिकारीवाट रञ्जित तामाङ, अखिल (छैठौं)बाट विमल पोखरेल र नेक्राविसंबाट अध्यक्ष निरज लवजुले संयुक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका छन् ।