रोचक

ट्यूसन पढाएरै खर्बपति बने शिक्षक



 बैशाख १३, एजेन्सी । चीनका ३६ वर्षीय लियु याचोले ट्युसन पढाएर नै अर्बपति बनेका छन् ।

उनले राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई गणित विषयको ट्युसन पढाउँदै आएका छन् । उनले टिएएल एजुकेसन ग्रुप नामक शिक्षण कम्पनीमा पढाउने काम गर्दछन् । उक्त कम्पनीका सिओओ समेत रहेका उनी यो वर्ष डलर अर्बपति बनेका छन् । अर्थात् उनको सम्पत्ति खर्ब रुपैयाँ भन्दा धेरैको भएको छ ।

उनी चीनका सबैभन्दा धनी शिक्षक हुन् । सन् २००५ मा माध्यमिक तह महाशाखाको निर्देशक भए । उनी शिक्षण तथा अनुसन्धान विभागको प्रमुख समेत हुँदै सिओओमा बढुवा भएका हुन् ।