शैक्षिक

राष्ट्रपति भण्डारीद्वारा चार विधेयक जारी



बैशाख १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षासहित चार अध्यादेश स्वीकृत गर्दै जारी गरेकी छिन्।

राष्ट्रपति भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षाका साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), राष्ट्रियसभा निर्वाचन र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।

सरकारले प्रतिस्थापन विधेयकको सट्टा अध्यादेश जारी गरेको थियो। प्रतिस्थापन विधेयक पेश गर्न संसदको बजेट अधिवेशन चलेकाले केही समय ढिलागरी ऐनको रुप दिन सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

यसअघि नै प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाँल सिफारिस भएका थिए। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले क्रमश योगी र फुयाँलको नाम सिफारिस गरेका थिए।

कानुन बनेसँगै दुवैको सिफारिस कार्यान्वयनमा जाने बाटो खुलेको छ। आगामी संसदमा ६० दिनभित्र नयाँ प्रतिस्थापन विधेयक पेश गर्ने समय पनि सरकारले पाएको छ।