शैक्षिक

बालश्रम मुक्त क्षेत्रका लागि समाचार सम्प्रषेणलाई पहिलो प्राथमिकता



बैशाख १४, काठमाडौं । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरणकुमार पोखरेलले सञ्चारमाध्यम/सञ्चारकर्मीले बालश्रम मुक्त क्षेत्रका लागि समाचार सम्प्रषेणलाई पहिलो प्राथमिकता दिुनपर्ने बताउनु भएको छ ।

परिवर्तन नियम कानुनले मात्र सम्भव हुन्न त्यसका लागि विकल्पसहितको कार्यक्रम अगाडि सार्नुपर्छ भन्ने ग्लोबल फेयरनेश इनिसिएटिभ एवं बेटर ब्रिक नेपालले सञ्चालन गरेको चार वर्षे कार्यक्रममा वोल्दै प्रमुख आयुक्त चौध वर्ष मुनिका बालबालिकालाई काममा लगाउन नपाइने नियम बनेको २६ वर्ष पुग्दा पनि विभिन्न क्षेत्र बाल श्रममुक्त हुन नसक्नु दुःखको कुरा भएको बताउनु भएको छ ।

कपिलबस्तु, नवलपरासी, भैरहवालगायतका १४ जिल्लामा सञ्चालित ४० इट्टा उद्योगमा काम गर्ने कामदारका २० हजार बालबालिका शिक्षाको पहुँचसँग जोडिएका छन् । ईट्टा उद्योगमा बाल श्रमिक हुन्छन् भन्ने तथ्य पनि अझै बाँकी छन् । बाबुआमासँगै उद्योगमा आएका बालबालिकाले पनि त्यही काम गर्दा यस्तो तथ्य सार्वजनिक हुन्छन् । भविष्यको कर्णाधार मानिने बालबालिका श्रममा जोतिनुपर्दा देशले त्यसको नकारात्मक असर झेल्नुपर्ने विज्ञहरूको तर्क छ । तर सुधारका लागि सकारात्मक विभेदको नीतिसहित काम गर्न थालियो भने त्यो असम्भव पनि छैन रहेछ भन्ने तथ्य सार्वजनिक भएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टनले स्थापना गर्नुभएको सो इनिसिएटिभले बेटर ब्रिकसँग सहकार्य गर्दै इट्टा उद्योगमा काम गर्ने बालबालिकालाई शिक्षा स्वास्थ्य कार्यक्रमसँग जाड्दा त्यस्तो परिणाम सार्वजनिक भएको हो ।

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले सन् २०१३ मा राजधानी बाहिरका जिल्लाहरूमा रहेको पाँच ईट्टा उद्योगबाट सुरू गरेको सो कार्यक्रमको प्रभावले पहिला उद्योगमा काम गर्ने मजदुरलाई भड्काउँछन् भनेर उद्योग हातामै छिर्न नदिने उद्योगीहरू अहिले सो सँस्थासँग काम गर्न इच्छुक हुँदै दुईसय उद्योगले निवेदन दिनु भनेको काम गरेकै सकारात्मक फल हो भन्नुभयो ।

उहाँले राजधानीमा यस्ता उद्योगमा काम गरिरहेका धेरै संस्था छन् त्यसैगले हामीले राजधानी बाहिरको जिल्ला रोजेका हौं, यस कामले राज्यलाई नै फाईदा पुग्ने उहाँको तर्क छ ।

नेपालमा बाह्रसय ९४ वटा इट्टा उद्योग छन् ति सबैमा सो संस्था पुग्न सक्दैन, पारदर्शी सकारात्मक भुमिका सबैले खेल्न सक्छन् राज्यले पनि मुलुककै विकास निर्माणमा टेवा दिने उद्योगलाई बालमैत्री/वातावरणमैत्री बनाउन पहल गर्नुपर्छ भन्नुभयो ।

सो संस्थाले उद्योगलाई बालमैत्री, वातावरणमैत्री बनाउन गरेको पहलको आधारमा मात्र त्यस उद्योगसँग सहकार्य गर्दै आएको छ ।

संस्थाले उक्त नियम अबलम्बन गरेपछि ईट्टालाई गुणस्तरीय, वातावरणमैत्री, उत्पादन बढाउन सहयोग गर्ने प्राविधिक प्रदान गर्ने काम गर्दै आएको छ ।

सञ्चारकर्मी प्रवेश सुवेदी, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले बोल्नुभएको थियो ।