राजनीति

नेकपाका उदयपुर जनसरकार प्रमुख मगर पक्राउ



बैशाख १५, उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुर जनसरकार प्रमुख जितबहादुर पुलामी मगर पक्राउ परेका छन्।

त्रियुगा नगपालिकाको चुहाडे कालीखोला क्षेत्रबाट प्रहरीले जिल्ला जनसरकार प्रमुख मगरलाई पक्राउ गरेको हो । विभिन्न समयमा बम विस्फोट गराएर क्षति पुर्‍याएको, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुसमा पारेको आरोप उनीमाथि लागेको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

मगर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई लक्ष्य गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको बताउँदै डीएसपी मेघराज अधिकारीले भने, ‘मगरको नाममा ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा दर्ता गरेको छ र सोही अनुसार कानुनी प्रकृया अघि वढ्छ ।’