बैशाख १५, पोखरा । नेकपा एमालेका युवा नेता, पूर्व युवासंघ नेपालका अध्यक्ष तथा प्रदेशसभाका सांसद राजिव पहारीको नेतृत्वमा आज लेखनाथ महानगरपालिका वडा नं. ५ मा सरसफाइ अभियान सम्पन्न भएको छ ।
स्वस्थ रहौं स्वच्छ वातावरण निमार्ण गरौ भन्ने मुल उद्देश्यका साथ संचालन गरिएको सरसफाई अभियानमा सयौ स्थानिय वासी, विद्यार्थी, जनप्रतिनिधि, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागितामा सफा र सुन्दर पोखरा निमार्ण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको वताउदै सांसद पहारीले भने मानिसको स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारलाई सम्मना गर्दै अवका दिनमा निरन्तर रुपमा यस्ता वातावरण सरसफाईका अभियानहरु संचालन गरिने छ जसको निम्ती आफु जहिले पनि, जस्तो परिस्थितीमा पनि निरन्तर उपस्थित हुनेछु, वातावरण सफा वनाएरै छाड्नेछु । सासंद पहारीका अनुसार अवका दिनमा हप्ताको एक घण्टा राष्ट्रका लागि स्वयम् सेवक भन्ने मुल नारालाई आत्मासाथ गर्दै अघि वढ्ने बताइएको छ ।
विकास प्रेमी तथा समाज सेवा नै आफ्नो जीवन हो भन्ने सांसद पहारी पछिल्लो समय आफ्नो क्षेत्रका मानिसको लागि मात्र नभई समग्र देशको नै एक अब्बल र जनताको मन मुटुका नेता वन्न पुगेका छन् । यसै क्रममा बैशाख ३ देखि ६ गतेसम्म युवा संघनेपालको केन्द्रिय कमिटिको वैठकवाट सर्वसम्मत रुपमा नेतृत्व चयन गराउन सफल बनेका पहारी अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चाको पात्र भएका छन् ।
उनी युवा संघको नेतृत्वमा रहँदा पनि भारतले गरेको नाकावन्दीको विद्धमा तराई मधेस जागरण अभियानकै रुपमा सञ्चालन गरी आफ्नो अडिलो र तेजीलो प्रस्तुति प्रदान गरी एक अब्बल व्यक्तिको रुपमा परिचित भईसकेका छन् । जागरण अभियान मात्र नभई तराईको सितलहरमा समेत तराईको जनताको घाउमा मलहम लगाउन पुगेका पहारी तराईको जनताको एक सक्षम र योग्न नेताको रुपमा स्थापित भईसकेका छन् ।
पछिल्लो समय प्रदेश नं. ४ को नीति निमार्णको क्रममा व्यवस्था रहेका सांसद पहारी विकास निमार्णको कार्यलाई भने उत्तीकै प्राथमिकताका साथ अघि वढाइरहेका छन् । विकास निमार्णको कार्यलाई तिव्रता दिने क्रम मध्येको एक हो फोवातालको संरक्षण एवं संरक्षणमा उनीले खेलेको भुमिका । जसमा उनले आफ्नो दुई महिनाको तलव समेत वुझाएका थिए । यति मात्र नभई उनले आफ्नो क्षेत्रमा खानेपाली, शिक्षा, स्वास्थ्य, यातायात, सरसफाई जस्ता विकासका कार्यहरुमा अहोरात्र खटिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्