Banner News

‘कोटेश्वर–जडिवुटी’ सर्भिस ट्रयाकको काम आजैदेखि शुरु गर्नुहोस् : मन्त्री महासेठ



बैशाख १६, काठमाडौं । भौतिक तथा यातायात मन्त्री रघुविर महासेठले कोटेश्वर जडिवुटी सर्भिस ट्रयाकको काम आजैदेखि थाल्न निर्देशन दिएका छन् ।

आज कोटेश्वरको मुनी भैरव मन्दिरदेखि जडिवुटीसम्मको ट्रयाकको स्थलगत अनुगमनको क्रममा मन्त्री महासेठले कोटेश्वर जडिवुटीविचमा सर्भिस ट्रयाक संचालन गरेमा सो स्थानको यातायात जाम धेरैमात्रामा घट्ने बताएका छन् । यातायात क्षेत्रमा सरकारले काठमाडौं उपत्यकामा मोनोरेलको कार्य अघि वढीसकेकोले सो ट्रयाक मोनोरेल सञ्चालनमा नआउन्जेलसम्मको लागि मात्र गरे हुने वताएका छन् । रेल सञ्चालनमा आएपश्चात उपत्यकामा कुनै पनि किसिमको सवारी जाम नहुने वताउँदै मन्त्री महासेठले भने कोटेश्वर जडिवुटी सर्भिस ट्रयाक छोटो समयमा नै सम्पन्न गर्न सकिने तथा आर्थिक भार समेत कम लाग्ने जसवाट आम नेपालीले जामको समस्यावाट राहत पाउने भएकाले आवश्यक मात्रामा वजेट छुट्याउन समेत सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री महासेठले सो ट्रयाक निमार्ण गर्न लाग्ने लागत विवरण २/४ दिन भित्रमा नै मन्त्रालयमा वुझाउन सम्बन्धीत निकायलाई निर्देशन दिदै वोलेको समय भन्दा एक दिन पनि कार्य सम्पन्न गर्न ढिलो नगर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयवाट गर्नुपर्ने सम्पूर्ण कार्य एक महिना भित्रमा गरिसक्ने र त्यसको लागि एयरपोर्टसँग समन्वय गरी सम्झौता गर्न भक्तपुर प्रतिनिधि सभाका सदस्य महेश वस्नेत लगायतका स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सो सर्भिस ट्रयाक निमार्ण पछि व्यवसायीलाई केही समस्या भए पनि आम नेपाली जनतालई राहत हुने बताउँदै मन्त्री महासेठले यसलाई ‘वान वे’को रुपमा संचालन गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा वोल्दै एमालेका युवा नेता, पूर्व उद्योग मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश वस्नेतले मनोहरा खोलाको दायाँ वायाँ निर्माणाधिन करिडोरको निम्ती एक करोडको टेन्डर भइसकेको अव थप दुई करोड बजेट अभाव भएकोले त्यसको लागि मन्त्रालयबाट रकम थप गरिदिन आग्रह गरेका छन् । त्यस्तै सांसद वस्नेतले हनुमन्ते नदीमा तीनवटा पुलहरु निमार्ण गर्नुपर्ने बताउँदै मन्त्रालयबाट आवश्यक आर्थिक व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । जसमा मन्त्री महासेठले आवश्यक बजेट उपलब्ध गराउने वताएका छन् ।

स्थलगत निरिक्षणका क्रममा सांसद वस्नेत, प्रदेशसभा सदस्य शशी जंग थापा, उपत्यका सडक विभागका डिडिजी सञ्जय श्रेष्ठ, भक्तपुर जिल्ला सडक विभागका डि गुरुप्रसाद घिमिरे, नेकपा एमाले भक्तपुर जिल्ला कार्यवहाक अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।