समाचार

संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा (विज्ञप्ती सहित)



बैशाख १७, काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा शिक्षामा आतंक मच्चाउने खोज्नेको विरुद्धमा आन्दोलनको घोषणा गर्दै प्याप्सन, एन प्याप्सन तथा देशभरका जिल्ला कार्यालयहरुमा तालावन्दी गर्ने विज्ञप्तीमा जनाइएको छ ।

संयुक्त विद्यार्थी संगठनमा अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नेक्राविसं रहेका छन् ।

संयुक्त विज्ञप्ति

आज निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको संयुक्त वैठक अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय वागवजारमा वस्यो । चरणवद्ध आन्दोलन भैरहंदा आजसम्म सरोकारवाला निकायले कुनै सुनुवाई नगरेकाले थप संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएका छौं।

१. वैशाख १९ गते (संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ अवज्ञा गरी शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कार्यको अगुवाइ गर्ने प्याब्सन र एन प्याब्सनका केन्द्रीय कार्यालय र देशभरका जिल्ला कार्यालयहरुमा तालाबन्दी गर्ने।

२. वैशाख २० गते (शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा प्रदर्शन सहित तालाबन्दी गर्ने। देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई (साविक जिशिअ कार्यालय) को कार्यकक्षमा तालाबन्दी गर्ने ।

३. वैशाख २१ गते (विद्यालय तहको शिक्षाको अनुगमन र शुल्क निर्धारणको अधिकारप्रति वेखबर भई निदाएका जनप्रतिनिधि ब्युझ्याउन देशभरका स्थानीय तहका कार्यालय अगाडि प्रदर्शन सहित सिटी फुक्ने।

४. वैशाख २१ गते सम्म माग सम्बोधन नगरिए वैशाख २२ गते वैठक वसी कडा र सशक्त कार्यक्रमको घोषणा गर्न वाध्य हुने ब्यहोरा अवगत गराउन चाहन्छौं ।