समाचार

तोडफोडका घटनालाई कुनै पनि हालतमा स्वीकार्न सकिन्न : नेता थापा



बैशाख १८, काठमाडौं । कांगेस युवा नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले थापाले विभिन्न बहानामा स्वास्थ्य संघ–संस्थामा हुने गरेका तोडफोडका घटनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

१ सय २९ औं श्रमिक दिवसको अवसरमा ओम हस्पिटल कर्मचारी यूनियनले गरेको कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउँदै स्वास्थ्य ऐनको प्रभावकारी निर्माणसँगै त्यसको कार्यान्वयनमा जोड दिए । सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभएसम्म मुलुक समृद्ध हुनै नसक्ने गगन थापाको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रजातान्त्रिक हक अधिकार सुनिश्चित भएसँगै टे«ड यूनियनको दायरा फराकिलो भएको तर्क गरे । कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुको सम्मानसहित बिदाई गरिएको थियो ।