Banner News

दमकलाई एक नम्वर प्रदेशको व्यापारिक हब बनाउने प्रधानमन्त्री ओलीको घोषणा



बैशाख १९, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने साथै झापा जिल्लाको दमक नगरपालिकालाई प्रदेश नं. १ को व्यापारिक हवको रुपमा विकास गर्ने बताएका छन् ।

दमक खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको उदघाटन गर्दै प्रम ओलीले सरकारले दमकमात्रै नभएर देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताएका छन् ।

प्रधानमन्त्रीले दमक–रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाइने जानकारी दिंदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताएका छन् । उनले १ नम्बर प्रदेशको राजधानीको विषयमा भने केही वताएनन् ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले दमक नगरपालिका परिसरमा धिमाल जातिको प्रतिमा अनावरण समेत गरेका छन् । दमक नगरपालिकाले २०७४ असोज ३० गते नगर सभाबाटै प्रतिमा राख्ने निर्णय गरेको थियो ।