मनोरञ्जन

फिल्म ‘हिरोज्’को रिलिज डेट सर्यो



बैशाख १९, काठमाडौँ ।  जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित एनबि महर्जनको निर्देशनमा रहेको फिल्म ‘हिरोज’ बैशाख २८ बाट प्रदर्शनमा आउने भएको छ ।

फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरियो ।

फिल्म हिरोज्’मा करिश्मा मानन्धर, मुकेश ढकाल, जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस फिल्मको निर्माता युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।