मनोरञ्जन

 फिल्म ‘होस्टेल-३’ बन्ने



काठमाडौँ, ५ बैशाख । फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल–३’ बन्ने भएको छ ।

फिल्मको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 

‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ सुनिल रावलले निर्माण गरे पनि तेस्रो सिरिजमा भने उनको लगानी रहने छैन । उनी सिनेमामा कलाकारको रूपमा रहनेछन् । 

यसमा निर्माता शिशिर ज्ञवाली र कार्यकारी निर्माता शंकर कोइराला हुनेछन् । सह–निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् ।