स्वास्थ्य

कोलेस्टेरोल घटाउने खाने कुराहरु



बैशाख १९, काठमाडौँ । मुटु रोगको एउटा कारण हो। नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । तसैले यस्ता खानेकुरा खानु होस्।

ग्रीन टी

ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ । ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ।

सुन्तलाको जुस

सुन्तलाको जुस भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ।

ओखर 
ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ। यसमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ।

ओलिभ आयल

यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ। महत्वपूर्ण हुन्छ। यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ।

रेडवाइन
रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ। यसले कोलेस्टेरोल लेभललाई घटाउँछ।

डार्क चकलेट

डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पार्दछ । यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ।