समाचार

निजी विद्यालयकाे भर्ना र मासिक शुल्ककाे मनपरीलाई बढावा दिने प्याब्सन र एनप्याब्सन तालाबन्दी



बैशाख १९, काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा निजी विद्यालयले भर्ना र मासिक शुल्क मनपरीलाई वढावा दिदै आम नेपालीको ढाड सेक्ने काम गरेका भन्दै निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गर्न विद्यार्थी संगठनका पदाधिकारी नै सहभागी भएका थिए । काठमाडौंसहित देशभरी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

उनले भने ,निजी विद्यालयहरुको मनपरी रोक्नुका सट्टा प्याब्सनका पदाधिकारीहरु नै मनपरीलाई बढावा दिन लागिपरेको र पदाधिकारीहरुकै स्कुलमा मनोमानी शुल्क लिएकाले प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको हो’ ।