बैशाख २१, काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) विभागको वैठक वसी आजै खारेज गरिने भएको छ ।
विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताएका छन् । उाले भने ‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं, सबै लगत आइसकेपछि बेलुका बस्ने विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्छ ।’
विभागले पर्मिट खारेज गरेपछि सरकारले गाडी जफत गरेर चलाउने विषयमा तयारी गर्ने गृहसचिव प्रेमकुमार राईले बताए।










प्रतिक्रिया दिनुहोस्