बैशाख २१, काठमाडौं । सिण्डिकेट हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका यातयात व्यवसायीलाई सरकार कडा रुपमा प्रस्तुत हुदै समितिको रुट परमिट खारेजी तथा पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटधारीसँग सरकार नझुक्ने भन्दै यस्तो कार्यमा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
विभागले शुक्रबार गाडी नचलाउने यातायात समितिहरुको विवरण संकलन गरिरहेको छ । यसैगरी, यातायात बन्द गर्ने समितिका पदाधिकारीलाई पक्राउ गरेर कानुनी कारवाहीको तयारी समेत भइरहेको छ ।
त्यस्तै यातायात व्यवस्था विभागले वन्द गराउने र सवारी साधन नचलाउने व्यवसायिको विवरण संकलन गर्न निर्देशन दिदै आजै प्राप्त संकलन गरिएका सम्पूर्ण तथ्याङ्कहरुका आधारमा परमिट खारेज गर्ने जनाएको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार यातायात समितिले ग्यारेजमा गाडी थन्काएका छन् । तर, कम्पनीमा दर्ता गाडीहरु भने चलिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्