बैशाख २१, ललितपुर । नेपाली काग्रेसको निर्वाचन केन्द्रिय कार्यसमितिको वैठकले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा तीन जनालाई मनोनित गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच बैठक बहिष्कार गरेपनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा साँझ बसेको निर्वाचित केन्द्रीय कार्यसमिति बैठकले उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरण महतको नाम पारित गरेको हो ।
सभापति शेरबहादुर देउवाको प्रस्ताव बैठकले बहुमतले पारित गरेको थियो । यद्यपि तीनै जनाको नाम केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट अनुमोदन गराउनुपर्नेछ । केन्द्रीय समितिमा समेत देउवा पक्षीय नेताको बहुमत रहेकाले उनीहरुको नाममा सहमति हुने लगभग पक्का छ ।










प्रतिक्रिया दिनुहोस्