रोचक

हर्नुहोस् कोडा गाउँमा हरेक घरको अगाडि चिहान



बैशाख २२, एजेन्सी ।  आन्ध्र प्रदेशको कुरनूल जिल्लाको अया कोडा गाउँ भन्ने ठाउमा सबैको घर अगाडी चिहान छ ।

यो समुदायका मानिसले आफ्ना घरपरिवारका सदस्यको मृत्यु भएपछि लासलाई घरकै अगाडि चिहान खनेर गाड्छन्, किनकि उनीहरुको कुनै छुट्टै अन्त्यष्टि स्थल छैन ।

गाउँका महिला तथा बच्चाबच्चीहरु आफ्नो दिनचर्याका लागि यिनै चिहानहरु पार गरेर दिनमा धेरैपटक हिड्नुपर्दछ । बच्चाहरु यिनै चिहानको आसपास खेलिरहेका हुन्छन् । गाउँलेहरु चिहानको दिनहुँ पुजा गर्दछन्, प्रसाद चढाउँछन् । पिता पुर्खाका चिहानमा नचढाएसम्म घरमा पाकेको खानेकुरा कसैले पनि खाँदैनन् ।

उक्त गाउँका मानिसहरुले किनेको नयाँ टिभी, मोबाइल फोन, कम्प्युटर आदि मेसिनरी सामानहरु सबैभन्दा पहिले घरअगाडि रहेका चिहानको नजिक राखेर पुजा गर्दछन् अनि मात्र चलाउँदछन् ।