समाचार

संघीय संसदको दोश्रो अधिवेशन सुरु, चारवटा अध्यादेश पेश



बैशाख २३, काठमाडौं । संघीय संसदको दोश्रो अधिवेशन सुरु भएसँगै चारवटा अध्यादेशहरु पेश भएका छन् ।

आईतबारदेखि संघिय संसदको दोश्रो अधिवेशन सुरु भएको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ र संघिय संसदका महासचिव, प्रतिनिधीसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका छन् ।

अधिवेशनमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर बहादुर तामाङ्गले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गरेका छन् ।