बैशाख २३, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराज र वरिष्ठ पत्रकारमा बबिता वस्नेत, कौशल चेम्जोेङ र नीमबहादुर बूढाथोकीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री गोकुल बास्कोटाले पुरस्कार र सम्मान पाउने पत्रकारहरुको नाम घोषणा गर्दै राज्यमन्त्री बास्कोटाले यो सरकारबाट प्रेस स्वतन्त्रता हनन होला कि भनेर चिन्ता नगर्न पत्रकारहरुलाई आग्रह गरे ।
बस्नेत घटना र विचार साप्ताहिक एवम् घटना र विचार डट कमको सम्पादक, विष्ट इमेज च्यानल सम्वद्ध पत्रकार हुनु भने अहिराजले मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन तथा सम्पादन हुन ।
पाँचैजना पत्रकारहरुले सोमबार शीतलनिवासमा एक कार्यक्रमवीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार र सम्मान ग्रहण गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्