समाचार

प्रदेश नं. २ : आफ्नो राष्ट्र भन्दा भारतको मायाँ मोह, प्रम मोदीलाई काखा प्रम ओली पाखा



बैशाख २४, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकिय भ्रमणका क्रममा आयोजक प्रदेश नं. २ ले प्रधानमन्त्री मोदीलाई काखा गरेको छ भने नेपालका प्रधानमन्त्री केपी ओलीलाई पाखा लगाउने कार्य गरेको छ ।

आसन्न २८ गतेको भ्रमणको स्वागतको लागि तयार पारिएको स्वागत गेटमा नै भारतीय प्रम मोदी नै सर्वै सर्व हुन भन्ने किसिमको निमार्ण गरिएको छ । गेटको फोटोमा एक साईडमा मोदीको राखिएको छ भने अर्को साइडमा ओलीको राखिएता पनि मोदीको फोटो ठूलो वनाई हाइलाइट गरिएको छ भने ओलीको फोटो सानो साइजमा राखिएको छ ।

त्यती मात्र नभई गेटको एक साइडमा स्वागतम लेखिएको छ भने त्यसैको अर्को साइडमा अग्रेजीमा वेलकम लेख्ने ठाउँमा मादीको ठूलो फोटो राखिएको छ । यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने मोदीलाई सम्मान गर्न बनाइएको गेटमा नेपालको मायाँ भन्दा वढी भारतको वढी भएको पाइएको छ ।