(वैशाख २५, काठमाडौं) । बाम गठबन्धनलाई घोषणापत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा माओवादी केन्द्रले आग्रह गरेका छन ।
मंगलबार बसेको बैठकले पार्टी संसदीय दलको विधान पनि अनुमोदन गर्दै राष्ट्रियसभामा दलको नेता दिनानाथ शर्मालाई बनाउने निर्णय पनि गरेको छ । त्यसैगरी कानुन निर्माणको कामलाई सहज बनाउन कानुन विभाग गठन गर्ने भएको छ ।
बैठकमा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन निर्माणको काममा केन्द्रित हुन पनि पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
सरकारले जेठ १५ गते बजेट ल्याउँदैछ भने जेठ १ गते संसदमा नीति तथा कार्यक्रम पेश हुनेछ ।










प्रतिक्रिया दिनुहोस्