समाचार

बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद



बैशाख २५, भक्तपुर । भक्तपुर जिल्ला अदालतले १४ वर्षीया बालिकालाई बलात्कार युवकलाई आठ वर्षको कैद फैसला सुनाएको छ ।

सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कक्षा ९ मा अध्ययनरत वालिकालाई सुनच्यौरीले २०७४ साउन २ गते राती करिब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो ।