बैशाख २५, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।
सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल समेत गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले माओवादीलाई लक्षित गर्दै सोमबार ट्वीटरमा यस्तो लेखेका छन् :

बैठकमा सहभागि एक नेताका अनुसार ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए ।
त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए । ओलीको उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ । पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी आक्रोश पोखिएको छ । उनीहरुले आफुहरु एकताका लागि नजिक पुगेको बताईरहेका बेला सामाजिक संजाल मार्फत ओलीको असन्तुष्टि बाहिर आएको हो ।










प्रतिक्रिया दिनुहोस्