बैशाख २५, जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणमा फुलमाला तथा कलशले स्वागत गर्न जनतालाई आग्रह गरेका छन् ।
प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री मोदीलाई बाह्रविघामा गरिने नागरिक अभिनन्दन समारोहस्थलमा सर्वसाधारणलाई प्रवेश गर्न कुनै पासको आवश्यक नपर्ने जानकारी दिएका छन् । सर्वसाधारणलाई समारोहस्थलमा प्रवेशका लागि उत्तरतर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था गरिएको बताउँदै उनले समारोहस्थलमा १० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको बताएका छन् ।
भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गरी पर्वका रूपमा मनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् । त्यस्तै मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान गरिएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्