बैशाख २६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन विपरीत चुरोट उत्पादन गरेको भदै सूर्य टोबाको कम्पनीलाई नियमअनुसार काम गर्न पत्र काटेको छ ।
स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालको निर्देशन अनुसार मन्त्रालयले कम्पनीलाई पत्र काटेको हो। राज्यमन्त्री अर्यालले उक्त कम्पनीले सरकारले तोकेको ९० प्रतिशत चेतावनीमूलक चित्र नछापेको भन्दै कानुनभन्दा माथि कोही नहुने भन्दै पत्र काट्न निर्देशन दिएकी हुन्।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ९ ले चुरोट तथा सुर्तीजन्य पदार्थको हरेक बट्टामा अनिवार्य रुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाविपरीत काम गर्नेलाई ५० हजारसम्म जरिवाना गरी सबै उत्पादन जफत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्