समाचार

स्थानियले समाते वालुवा सहित तस्करीको ट्रक : सिडिओले स्थानीयलाई थुने



बैशाख २६, भक्तपुर । हिजोमात्र आफ्नो कार्यक्षेत्र भक्तपुरमा आएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको शुरुवातीदिनमा नै तस्करीलाई संरक्षण गर्दै स्थानीयलाई हिरासाथमा लिई दादागिरी देखाएका छन् ।

हिजो भक्तपुरमा अवैध रुपमा सञ्चालनमा रहेका वालुवाखानी रहेको भनि स्थानीयले ज्ञापन पत्र वुझाएका थिए । उनले नै सो ज्ञापनपत्र पढ्न लगाए र ज्ञापन पत्र पढ्ने क्रममा ठूलो स्वरमा वोली सिडिओलाई धम्याउने भनि उनले थुनामा राख्न निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार दुग्ध डेरी फामको केन्द्रिय अध्यक्ष प्रदिपराज पन्त थुनामा परेका छन् ।

तस्करिको विरोध स्वरुप चागुनारायण नगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्याम सुन्दर धिमालको नेतृत्वमा स्थानीयवासीले वालुवा तस्करी गर्दै गरेको अवस्थामा वालुवा सहितको बाह्र (१२) ट्रक समातेका छन् । स्थानीयवासी नियन्त्रणमा लिएको सो ट्रक महानगरिय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

नेपाल सरकारका कर्मचारी जो जनताको राजस्वबाट संचालित रहेका हुन्छन् तर किन उनले यस्तो गरे ? आम भक्तपुरवासी आश्चार्य चकित भएका छन् । प्रशासनले नै त्यसलाई नियन्त्रण गर्नु पर्ने ठाउँमा स्थानीयले साथ र सहयोग दिने वताउँदै गर्दा किन त्यो अवस्थामा पुगे प्रमुख जिल्ला अधिकारी भट्ट ? यसवाट जनतामा प्रश्न चिन्ह खडा भएको छ कि प्रमुख जिल्ला अधिकारी कै मिलेमतोमा त भएको छैन ? यदि तस्करिमा उनको मिलेमतोमा नभएको भएमा एक नागरिक जसलाई थुनामा किन राखे ? वार्ता र सम्बादको माध्यमवाट समस्या समाधान गर्न सकिन्छ तर त्यो नगरि तस्करीमा लागेकालाई कुनै कारवाहीको प्रकृयामा अघि वढाउने कार्य नगर्नु तर एक सामान्य जनता, व्यवसायीलाई थुनामा राख्नु जनता संकाको घेरामा पर्नु स्वभाविक नै हो ।