समाचार

सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन सकेन : नेता नेपाल



बैशाख २७, काठमाडौं । एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले विकास निर्माणको कामलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।

बिहीबार बंगलादेश दूतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गरेका छन् । नेता नेपाल सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोचको भने अभाव रहेको पनि स्मरण गराए। नेपालले सरकारले मुलुककै स्रोत साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे। वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । नेता नेपालले बंगलादेशको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि बताए ।