रोचक

सडकमा चकलेटको खोला बग्यो



बैशाख २८, एजेन्सी । पोल्याण्डमा वार्सा र पोजानबीचको राजमार्ग खण्डमा बुधबार बिहान साढे ५ बजे बुधबार बिहानै सडकमा चकलेटको खोला बग्यो ।

ट्रक कन्टेनरमा कैयन् टन तरल चकलेट थियो । तिव्र गतिमा गुडिरहेको ट्रक एक्कासी सडक किनाराको बारमा ठोक्कियो र ट्रक अनियन्त्रित भई पल्टियो ।

सडकमा चकलेटको खोला बग्दा केहीबेर त बाटो नै अवरुद्ध भयो । चकलेट जमिसकेपछि त्यसलाई पन्छाउन बरफ भन्दा पनि गाह्रो भैरहेको छ ।