समाचार

वन्दको कारण विहानैदेखि ठाउँ ठाउँमा बम विस्फोट र आगजनी



बैशाख ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दले विहानै देखि ठाउँठाउँमा वम बिस्फोटका र आगजनी भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा।लि।को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन ।

बन्दकर्ताहरुको बाटो अबरोधले झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् । सडक सुनसान भएका छन् ।