Banner News

भक्तपुर पत्रकार सम्मेलन : प्रमुख श्रेष्ठ आक्रमणमा संलगको पहिचान भइ नसक्नु रहस्यमय भएको बुझाई



बैशाख ३०, भक्तपुर । नेकपा एमालेका युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले पछिल्लो समय जनप्रतिनिधिहरु आतंककारी गतिविधिको थ्रेटमा रहेकोले सचेतनापूर्वक निडरताका साथ देश र जनता प्रति समर्पित भई लाग्न आग्रह गरेका छन् ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज गरेको पत्रकार सम्मेलनमा वोल्दै सांसद वस्नेतले मध्यपुर नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ माथि भएको सांघातिक आक्रमणको कडा रुपमा विरोध गर्दै दोषीलाई तत्काल कारवाही गर्न सम्बन्धीत निकायलाई जोडदार माग गरेका छन् । प्रहरी प्रशासन दोषीलाई खोजी कार्यमा लागे पनि सत्य तथ्य पत्ता लगाउन नसकेकोमा दुःख व्यक्ति गर्दै अपराधि कुनै राजनैतिक पक्षपोषणमा कानुनी दायरा भन्दा वाहिर हुन नसक्ने वताएका छन् । उनले आक्रोस व्यक्त गर्दै भने प्रशासनले दोषीलाई पत्ता लगाई कारवाही नगरेमा आफै त्यसको नेतृत्व गरी दोषीलाई कारवाही गरेरै छोड्ने बताएका छन् ।

भक्तपुर एमालेका कार्यावहाक अध्यक्ष बचन देउजाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘नगर प्रमुख मदन सुन्दर श्रेष्ठको घरमा रहेको सिसि टिभी क्यामेराले आक्रमणका अवस्था दर्शाइसकेको र आक्रमणमा संलगको पहिचान समेत भइसकेको अवस्थामा आक्रमणकारी खुलेयाम रुपमा प्रहरी हिरासत बाहिरै रहनु र पक्राउ परका भनिएका अभियुक्तहरुबाट यति लामो समयसम्म पनि घटनाको वास्तविकता र अपराधिहरुको पहिचान भइनसक्नु रहस्यमय भएकोहाम्रो बुझाई र ठहर छ ।’