शैक्षिक

प्रदेश सांसद हरिशरण लामिछानेको निधन



वैशाख ३१, काठमाडौं ।  प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।

सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको  निधन भएको हो । सोमबार मष्तिस्कघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।  २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उनको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।