बैशाख ३१, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष, पूर्व रक्षामन्त्री भिम रावलले प्रदेश नं. २ का मुख्यमन्त्री लालवाबु राउतले दिएको अभिव्यक्त तत्काल सार्वजनिक रुपमा सच्याउनु पर्ने बताएका छन् ।
आज बसेको संघिय संसदको वैठकमा वोल्दै उपाध्यक्ष रावलले संविधानलाई कमजोर वनाई दिइएको अभिव्यक्तिको ठोडो आलोचना गरेका छन् । उनले भने कुनै पनि राष्ट्रप्रमुखले देशको विरुद्धमा वोली राष्ट्रको मान मर्यादामा खलल पुर्याउन नपाउने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणको क्रममा जनकपुरमा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले देशको राष्ट्रिय अखण्डता, धार्मिक, सास्कृतिक जस्ता कुराहरुको विरुद्धमा दिइएको अभिव्यक्ति आम नेपाल र नेपालीको पक्षमा नरहेको बताएका छन् । जनकपुरलाई भारतको एक प्रान्तको संघिय राजधानी बनाउनु पर्ने जस्तै किसिमको अभिव्यक्तिले नेपालको संविधान तथा पारस्परिक सम्बन्धमा समेत खलवल्याउने कार्य भएको बताएका छन् ।
राष्ट्रिय हितको मान्यतालाई आत्मासाथ गर्दै विभिन्न प्रकारका विकास निमार्णका कार्यहरुमा सहमति भएता पनि त्यसलाई दुई देश विचमा भएका समस्याको अन्त्य हुने विश्वास गर्न सकिने वताउँदै रावलले भने नेपालको स्वाभिमान, अखण्डता, सार्वभौमिकता माथि उठाइएको प्रश्नमा नेपालीपन नदेखिएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्