Banner News

नियोजित प्रचारबाजी गरेको भन्दै एमालेले असन्तुष्टि : स्थायी कमिटीको वैठक बस्दै



जेष्ठ २, काठमाडौं । पार्टी एकिकरणको विषयलाई मुर्तरुप दिनको निम्ती नेकपा एमालेका अध्यक्ष केपी ओली तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्डविच भेटवार्ताका क्रममा प्रचण्डको सचिवालयका केही व्यक्तिहरुले ओली विरुद्ध नियोजीत रुपमा नकरात्मक हल्ला फैलाएको बताएका छन् ।

दुई नेताबीच बालुवाटारमा वार्ता जारी छ । ओलीले प्रचण्डसँग सम्भवतः आजै हुने छलफलमा यो विषय उठाउन लागेको स्रोतले जनाएको छ । ‘प्रचण्डको सचिवालयमै रहेका व्यक्तिहरुले एकता भाँड्ने खालका उक्साहटपूर्ण सामाग्री नियोजित रुपमा प्रवाह भइरहेका छन्, एमालेका एक पदाधिकारीले भने, ‘केही नेताका सार्वजनिक अभिव्यक्ति र सामाजिक सन्जालमा उनीहरुका टिप्पणी पनि हामीले हेरिरहेका छौं ।’

यता प्रचण्डको गुनासो पनि ओलीसँगै छ । पार्टी एकताका लागि ओली गम्भिर नबनेको र घण्टौंसम्म कुरा हुँदा पनि ओलीले पार्टी एकीकरण भन्दा विषयान्तर गरेर अन्य असान्दर्भिक विषयमा कुरा गर्ने गरेको प्रचण्डले सुनाउने गरेका छन् । ‘तीन घण्टासम्म एक्ला एक्लै कुरा गर्दा पार्टी एकताबारे मुस्किलले आधा घण्टापनि कुरा हुन्न’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

ओली र प्रचण्डसँगको वार्तापश्चात नेकपा एमालेको स्थायी कमिटीको वैठक वस्ने भएको छ जसमा ओलीले पार्टी एकताको वारेमा जानकारी गराउने स्रोतले जनाएको छ ।