समाचार

खैरो हिरोन सहित नागढुङ्गामा उपाध्याय पक्राउ



जेष्ठ ४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगरपालीका –कालिनचोक ८ का २० वर्षीय प्रतिक उपाध्याय छन् । उनलाई दैलेखवाट काठमाडौ आउदै गरेको ना ४ ख ७७१५ नम्बरको यात्रुवाहक वस चेक जाचको क्रममा नागढुङ्गा वाट ९ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हिरोईन व्राउन सुगर सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले वताए ।

उपाध्यायलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोट राखिएको छ । प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालका अनुसार उनलाई लागुऔषध एेन अन्तर्गत मुद्दा चलाईने वताए ।