समाचार

सशस्त्रमा आइजी खनालको मनोमानी, भित्रैभित्रै बढदै असन्तुष्टी



जेष्ठ ४, काठमाडौं । नेपालको शान्ति स्थापनाको निम्ती स्थापीत सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले वरियदा क्रमको १३ औं स्थानमा रहेकोलाई पहिलो स्थानमा ल्याई वढुवा सिफारिस गरेका छन् ।

आइजी खनालको कार्यशैलीप्रति संगठनभित्र तिक्तताले उग्र रुप लिन थालेको छ । सशस्त्रको सरुवा–बढुवा एवम् गृहमा उनले गरेका सिफारिसप्रति संगठनका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । उनले बढुवामा वरियता मिचेर काम गरेको आरोप असन्तुष्ट पक्षले लगाएका छ ।

उनले एसपीमा बढुवा गर्दा १३ औं नम्बरका रेशमकुमार थक्सु, १६ औं नम्बरका डीएसपी प्रेमध्वज शाह र ९ नम्बरका गाहारधन राईलाई क्रमशः एक, दुई र तीन नम्बरमा ल्याएको स्रोतले बताइएको छ । वरियतामा २९ औं नम्बरका सुरेशकुमार श्रेष्ठ र ३६ औं नम्बरका दिपेन्द्र शाहलाई क्रमशः पाँच र ६ नम्बरमा बढुवा गरेपछि वरिष्ठतामा अघि रहेका डीएसपी आइएजी खनालसँग असन्तुष्ट भएको स्रोतले दावी गरेको छ ।

सशस्त्रको नियमावलीअनुसार डीएसपी र इन्स्पेक्टरको काज सरुवा गर्न पाउने अधिकार आइजीलाई नै दिएको छ । आफ्नो अधिकारलाई समेत राम्रोसँग प्रयोग गर्न नसकी उनी मन्त्रालयको पुगेको स्रोतले जनाएको छ ।