जेष्ठ ४, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभएकाले केही वर्ष भित्रमा नै फुटको संघारमा पुग्ने दावि गरेका छन् ।
शुक्रबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ उनले पार्टी एकताको आधार सिद्धान्त नभएकाले अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने तर्क गरेका हुन् ।
अध्यक्ष बिजुक्छेले मोदीको नेपाल भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन समेत पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षा फौज नै नेपालमा आउनु नेपालको परराष्ट्र नीति विपरिरत भएको उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्